भदौ १७, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा आएको छ ।
कम्पनीको संस्थापक शेयरधनी मधुसुदन शर्माको नाममा रहेको उक्त शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।
कम्पनीले भदौ १७ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र आवश्यक कागज प्रमाण्पत्र संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा के कति कित्ता शेयर खरीद गर्ने सो को व्योहोरा खुलाई रितपूर्वक निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।