भदौ ३०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले दुई जना संस्थापक सदस्यहरुको नाममा रहेको कुल २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले शोभा मिश्रले विक्री गर्न चाहेको ८ हजार कित्ता र शशी कार्कीले विक्री गर्न चाहेको २० हजार ७८४ कित्ता शेयर विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो ।
यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।