लुम्बिनीमा ४५ प्रतिशत रोपाईं

काठमाडौं। लुम्बिनी प्रदेशमा अहिलेसम्म ४६ प्रतिशत धान रोपाईं सकिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार १५ गतेसम्ममा ४५.९४ प्रतिशत भूभागमा धान रोपाईं सकिएको हो। लुम्बिनीमा कुल तीन लाख तीन हजार हेक्टर भूभागमा धान रोपिँदै आएको छ। जसमध्ये हालसम्म एक लाख ३९ हजार क्षेत्रफलमा धान रोपिसकिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

रोपाईं सकिएपछि रोजगारीका लागि धमाधम भारत फर्किन थाले नेपालीहरु

काठमाडौं : नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेको छ। धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन्। धान रोपाईं गरिसकेपछि…

मधेसमा परेन पानी, भएन रोपाईं

जनकपुरधाम- अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानी परेको भए मधेसका अधिकांश जिल्लामा रोपाईं लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको जनाइएको छ । समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस […]

लमजुङमा ४० प्रतिशत रोपाईं सकियो

लमजुङ-  लमजुङमा  ४० प्रतिशत रोपाईं सकिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाईं सकिएको हाे । मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्ष लमजुङमा रोपाई  चाडै सुरु गरिएको थियो । लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका […]

मध्य असारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं

असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाईं भएको थियो । लुम्बिनीमा धान रोपाईं हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाईं सकिएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन

पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)

पोखरा, १५ असार :  हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो । विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

देशभर ९७.८९ प्रतिशत रोपाईं, कार्णाली प्रदेशमा रोपाई सम्पन्न

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन् । १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ ।त्यसमध्ये हालसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टरमा रोपाईं भइसकेको छ । प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा रोपाई सम्पन्न भइसकेको छ भने ताप्लेजुङमा ९९.५०

गत वर्षको भन्दा कम क्षेत्रफलमा रोपाईं

काठमाडौं। यो वर्ष गत वर्षकोभन्दा कम हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको छ। गत वर्ष २०७७ सालको असार १५ गतेसम्म देशभर कुल ३५ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको थियो। तर यो वर्षको असार १५ गतेसम्म जम्मा २७ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कुल १३ लाख ७१ हजार हेक्टरमा धान खेती गरिँदै आएको छ।

देशभर २७ प्रतिशत क्षेत्रफलमा धान रोपाईं

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशभरि १३ लाख ७१ हजार हेक्टरमा वर्षे धान रोपाईं हुँदै आएको छ। त्यसमध्ये असार १५ सम्म ३ लाख ७१ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको मन्त्रालयले बताएको हो।

प्रदेश २ मा १० प्रतिशत रोपाईं सम्पन्न

काठमाडौं। प्रदेश नम्बर २ मा अहिलेसम्म जम्मा १० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार आजसम्म जम्मा १० प्रतिशत क्षेत्रमा रोपाई सकिएको हो। प्रदेशमा ३ लाख ६५ हजार क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसमध्ये अहिलेसम्म ३८ हजार ५८६ क्षेत्रफलमा मात्रै रोपाईं सकिएको छ।

सुदूरपश्चिम प्रदेशमा ४५ प्रतिशत रोपाईं सम्पन्न

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको छ। रोपाईंका लागि योग्य कूल जमिनको ४५.९३ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको प्रदेश कृषि विकास निर्देशनालयले जनाइएको छ। किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाईंको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए।