सुदूरपश्चिम प्रदेशमा ४५ प्रतिशत रोपाईं सम्पन्न

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको छ। रोपाईंका लागि योग्य कूल जमिनको ४५.९३ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको प्रदेश कृषि विकास निर्देशनालयले जनाइएको छ। किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाईंको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए।

सम्बन्धित सामग्री

लमजुङमा बल्ल आधा राेपाईं, पानी पर्ने आशमा किसान

लमजुङ ।  साउनको पहिलो हप्ता बित्नै लाग्दासम्म लमजुङ जिल्लाभित्र करिब ६५ प्रतिशत मात्र रोपाईं भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाईं सम्पन्न भएको हो।  रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रँदा रोपाईं ढिलो भएको छ । अझ यतिख...

देशभर ९७.८९ प्रतिशत रोपाईं, कार्णाली प्रदेशमा रोपाई सम्पन्न

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन् । १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ ।त्यसमध्ये हालसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टरमा रोपाईं भइसकेको छ । प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा रोपाई सम्पन्न भइसकेको छ भने ताप्लेजुङमा ९९.५०

धान रोपाइँ अन्तिम चरणमा

१८ साउन, काठमाडौं । यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन तेस्रो साता सुरु हुँदा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । देशभरको रोपाइँ अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाईं सम्पन्न भएको छ, अन्य प्रदेशमा छिटफूट […]

देशभर २७ प्रतिशत क्षेत्रफलमा धान रोपाईं

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशभरि १३ लाख ७१ हजार हेक्टरमा वर्षे धान रोपाईं हुँदै आएको छ। त्यसमध्ये असार १५ सम्म ३ लाख ७१ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको मन्त्रालयले बताएको हो।

प्रदेश २ मा १० प्रतिशत रोपाईं सम्पन्न

काठमाडौं। प्रदेश नम्बर २ मा अहिलेसम्म जम्मा १० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार आजसम्म जम्मा १० प्रतिशत क्षेत्रमा रोपाई सकिएको हो। प्रदेशमा ३ लाख ६५ हजार क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसमध्ये अहिलेसम्म ३८ हजार ५८६ क्षेत्रफलमा मात्रै रोपाईं सकिएको छ।

देशभर २७ प्रतिशत धान रोपाइँ

धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ ।   बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमु...

गण्डकी प्रदेशमा रोपाईं ३६ प्रतिशत

गण्डकी प्रदेशमा मध्य असार सम्ममा ३६ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गण्डकी प्रदेशमा कुल खेती योग्य जमिन एक लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा सोमबार असार १५ गते सम्ममा ३६.२७ प्रतिशत रोपाईं सम्पन्न भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक निलकण्ठ पोखरेलले जानकारी दिए ।