अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसकाे घाेषणा

हास्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घाेषणा गरेका छन्। ४ वटा नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले फेसबुकमा स्टाटस लेख्दै रंगशाला निर्माण गर्ने जानकारी दिएको छ। फाउन्डेशनलाई ‘नमूना नेपाल’ निर्माणको समयमा नै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकता भएको बताउँदै जनस्तरले बनाउन सुझाव दिएको थियो। हाल निर्माण…

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ । रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु […] The post गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्रिपरिषद्को सहमतिसँगै गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो

पर्वत : आर्थिक अभावका कारण अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बाटो खुलेको छ। भरतपुर उपमहानगरपालिकाको कार्यालयका अनुसार गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ। भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई उद्धृत गर्दै महानग

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुङ्गोमा पुर्‍याउने नीति लिएको हो । रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बेला […]

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ३८ विघा जग्गा प्रदान

काठमाडौँ– सुदुरपश्चिम प्रदेश सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जग्गा उपलब्ध गराएको छ । सुदुरपश्चिम सरकारको आज बसेको बैठकले रंगशाला निर्माण गर्न ३८ विघा जग्गा उपलब्ध गराएको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्रामलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दैँ उच्चस्तरीय विकास समिति गठन भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका […]

खेलकुद मन्त्री अथकद्वारा क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गरेका हुन् । रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथकले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताए  । मन्त्री अथकले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च बिबरण यथाशिघ्र सार्बजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गरेका छन्  । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागीता रहेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पर्दैन

कोरोना महामारीले विश्वलाई अस्तव्यस्त नपारेको भए सायद चितवनको भरतपुरमा निर्माण आरम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रकमको अभाव हुने थिएन । तर, अहिले रंगशाला निर्माण रोकिएको छ र यसको स्वामित्व स्थानीय सरकारलाई लिन अनुरोध गरिएको छ । निकै महत्वकांक्षी योजनामा हात हालेका हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे धुर्मुस सुन्तलीले रंगशाला राष्ट्रले …

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु, दुई दिनमा ८० लाख जुट्यो

साउन। दुई महिनासम्म निर्माणको काम रोकिएर काम सुरु भएको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरिएको दुई...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा

धुर्मुस–सुन्तली फाउन्डेसनले अढाई वर्षमा करिब ३ अर्ब लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित रंगशाला घोषणासभामा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच जग्गासम्बन्धी सम्झौता भएको छ ।