खेलकुद मन्त्री अथकद्वारा क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गरेका हुन् । रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथकले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताए  । मन्त्री अथकले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च बिबरण यथाशिघ्र सार्बजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गरेका छन्  । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागीता रहेको थियो । 

सम्बन्धित सामग्री

रामजानकी अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ढिलाइ

जनकपुरधाम । रामजानकी अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ढिलाइ भएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०६६ असार १० गते जनकपुरधाममा रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । उक्त रंगशाला जनकपुरमा रहेको गुठी संस्थानको १६ बिघा १७ कठ्ठा १९ धुर जमीनमा वार्षिक रू. ९ लाख भाडा बुझाउनेगरी बनाउने सम्झौता भएको रामजानकी खेलकुद संस्थानका स्थापक अध्यक्ष दिनेश पुर्वेले बताए । २०७४ मङ्सिर ३ मा उक्त सम्झौता भएको थियो । रंगशाला निर्माणका लागि रू. ६ अर्ब १९ करोड १८ लाख लाग्ने अनुमान गरिएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा रू. ९ करोड ६० लाख बजेट विनियोजन गरे पनि रू. १ करोड ४० लाख रकम मात्र उपलब्ध गराएको पुर्वेले बताए । संघीय सरकारले उपलब्ध गराएको रकमबाट गुठी संस्थानलाई वार्षिक रू. ९ लाख भाडा र बाँकी कार्यालय सञ्चालनमा खर्च भएको उनको भनाइ छ । त्यस्तै प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि २०७५/७६ देखि २०७९/८० सम्ममा रू. ६० लाख रकम उपलब्ध भएको उनले बताए । प्रदेश सरकारबाट उपलब्ध गराएको रकमबाट क्रिकेट ग्राउन्डको डिजाइन र घेराबार पर्खाल निर्माण गरिएको उनले जानकारी दिए । अहिलेसम्म रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार नभएको उनले बताए । रंगशाला निर्माणका लागि प्रक्रिया अघि बढे पनि कामले गति लिन नसकेको उनको भनाइ छ ।

‘ड्रीम फाप्ला’ लाई साकार पार्न शाहीलाई जिम्मेवारी

सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो। सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो। विकास समिति आद

फाप्ला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो । सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति […]

गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र पर्दैन : मन्त्री गहतराज

चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका छन् । नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको...

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

क्रिकेट मैदान निर्माणमा ढिलाइ

विराटनगर : ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा मोरङको झापा बैजनाथपुरमा क्रिकेट रंगशाला निर्माणको कामले गति लिन सकेको छैन। रंगशाला निर्माण नहुँदा आगामी पुस १४ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय छनोट र मेयरकप क्रिकेट प्रतियोगिता प्रभावित बन्ने भएको छ। बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रियस्तरको रं...

रंगशाला बनाउने जग्गा खोज्न धुर्मुस टोली हेटौंडामा

नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएसँगै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न जग्गाको खोजीमा लागेको धुर्मुस सुन्तली फाउन्डेशनले बुधबार हेटौंडाको गौरिटारमा रहेको जग्गा अवलोकन गरेको छ । हेटौंडा–६, गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सम्भाव्यताको खोजीमा टोली हेटौंडा आएको हो ।