पर्वत : आर्थिक अभावका कारण अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बाटो खुलेको छ। भरतपुर उपमहानगरपालिकाको कार्यालयका अनुसार गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ। भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई उद्धृत गर्दै महानग