किसानलाई कृषि सामग्री वितरण

वाग्मती, १३ वैशाख । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु आठ लाख र किसान […]

सम्बन्धित सामग्री

मौलापुर नगरपालिकाद्वारा किसानहरुलाई निःशुल्क कृषि सामग्री वितरण

काठमाडौं, ९ साउन । रौतहटको मौलापुर नगरपालिकाले किसानहरुका लागि निःशुल्क कृषि सामग्री वितरण गरेको छ । आज (मंगलबार) मौलापुर पार्क रेष्टुरेन्ट उद्घाटन समारोहकाबीच माछा ब्यवसायी, तीन बाली खेती गर्ने किसान र तरकारी खेती गर्ने किसानका लागि विभिन्न कृषि सामग्रीहरु वितरण गरिएको हो । उक्त कार्यक्रममा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह पनि सहभागी […]

कृषि सामग्री हस्तान्तरण

भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषकहरूलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो।यहाँका कृषकलाई चारवटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ वटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ थान, १५ वटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्षकुमार राईले जानकारी दिए।‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’, वडाध्यक्ष राईले भने, ‘गाउँपालिकाको नीतिअनुसार कृषिको विकास गर्दै यहाँका

गाउँपालिकाद्वारा किसानलाई कृषि सामग्री वितरण

भोजपुर– पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण गरिएको हो । गाउँपालिकाले कृषकसँग आवेदन माग गरी आवेदनका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा एक लाख ४८ हजार बराबरको […]

अपांगता भएका व्यक्तिलाई जीविकोपार्जनका लागि कृषि सामग्री वितरण

जुम्लामा अपांगता भएका व्यक्तिहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय जुम्ला सहयोग तथा अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाको समन्वयमा कृषि सामग्री वितरण गरिएको हो ।अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्ला महासचिव रामकृष्ण न्यौपानेका अनुसार आवश्यकता र क्षमताका आधारमा कृषि सामग्री वितरण गरिएको छ। कृषि सामग्री ग्रिन हाउस, थोपा सिँचाइ, हजारी र १० प्रकारको सागपातको बिउ विजन उपयोग र उत्पादन गर्नसक्ने अपांगता भएका व्यक्तिलाई

चन्द्रनगरमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाख कृषि सामग्री वितरण

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामदमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाखको कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आज भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीको आयोजना गाउँपालिका उपाध्यक्ष गिता देवी महतोको अध्यक्षतामा व्यवसायीक माछा ब्लक विकास कार्यक्रम मत्स्य जन्य उत्पादनको अभिमुखिकरण अौजार उपकरण वितरण […] The post चन्द्रनगरमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाख कृषि सामग्री वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

कृषि सामग्री वितरण

काठमाडौँ,३० जेठ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान […]

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

बनेपा । काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो । आयोजनाले नगरपालिकाभित्रका किसानका इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको […]

बुंगलका किसानलाई कृषि सामग्री वितरण

बझाङ : बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ। मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो।केन्द्रले ४०० थान बिउ सुकाउने पाल, ७०० थान बिउ राख्ने भकारी, पाँच थान हाते ट्रयाक्टर र मकै बिक्री वितरण गर्नका लागि प्याकिङ गर्ने ३०० थान बोरालगायतका सामाग्रीहरू कृषकहरूलाई वितरण गरेको हो। किसान

विपन्न किसानलाई कृषि सामग्री वितरण

बर्दियाको बारबर्दिया नगरपालिकाले विपन्न किसानलाई ३ हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ । गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नम्बर ८, ९ र १० का विभिन्न समूहमा आबद्ध किसानलाई पम्पसेट, स्प्रे ट्यांकी तथा पानी झार्ने झारीलगायत सामग्री वितरण गरिएको थियो ।   लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्मा र बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारुले हालै ती औजार वितरण गर्दै कृषकको जीवनस्तर माथि उठाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।

भीमसेनका किसानलाई अनुदान रकमसहित कृषि सामग्री वितरण

गोरखाको भीमसेन थापा गाउँपालिकाले किसानलाई अनुदान रकम तथा कृषि सामग्री वितरण गरेको छ । चालू आर्थिक बर्षको कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालय परिसरमा सोमबार उत्कृष्ट कोदो उत्पादक किसानलाई अनुदान रकम र कोदो कुट्ने मेसिन तथा कृषि सहकारी तथा संस्थालाई हातेटयाक्टर वितरण गरिएको हो । वार्षिक रूपमा १० मुरीभन्दा धेरै कोदो उत्पादन गर्ने ४० किसानलाई जनही ५ […]