बर्दियाको बारबर्दिया नगरपालिकाले विपन्न किसानलाई ३ हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ ।
गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नम्बर ८, ९ र १० का विभिन्न समूहमा आबद्ध किसानलाई पम्पसेट, स्प्रे ट्यांकी तथा पानी झार्ने झारीलगायत सामग्री वितरण गरिएको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्मा र बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारुले हालै ती औजार वितरण गर्दै कृषकको जीवनस्तर माथि उठाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।