बझाङ : बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ। मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो।केन्द्रले ४०० थान बिउ सुकाउने पाल, ७०० थान बिउ राख्ने भकारी, पाँच थान हाते ट्रयाक्टर र मकै बिक्री वितरण गर्नका लागि प्याकिङ गर्ने ३०० थान बोरालगायतका सामाग्रीहरू कृषकहरूलाई वितरण गरेको हो। किसान