कृषि सामग्री हस्तान्तरण

भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषकहरूलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो।यहाँका कृषकलाई चारवटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ वटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ थान, १५ वटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्षकुमार राईले जानकारी दिए।‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’, वडाध्यक्ष राईले भने, ‘गाउँपालिकाको नीतिअनुसार कृषिको विकास गर्दै यहाँका

सम्बन्धित सामग्री

कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी, २९ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) […]

किसानलाई कृषि सामग्री वितरण

वाग्मती, १३ वैशाख । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु आठ लाख र किसान […]

किसानलाई कृषि सामग्री हस्तान्तरण

खोटाङ, १८ फागुन । किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दैै साकेला गाउँपालिका खोटाङका प्रमुख रविप्रकाश राई । गाउँपालिकाले आयोजना गरेको तीनदिने कफी खेती तालिममा सहभागी किसानलाई व्यावसायिक बनाउने उद्देश्यले गाउँपालिकाको अनुदानमा किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । रासस

नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण

बनेपा – काभ्रेका नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ। नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो। सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि […]

अपांगता भएका व्यक्तिलाई जीविकोपार्जनका लागि कृषि सामग्री वितरण

जुम्लामा अपांगता भएका व्यक्तिहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय जुम्ला सहयोग तथा अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाको समन्वयमा कृषि सामग्री वितरण गरिएको हो ।अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्ला महासचिव रामकृष्ण न्यौपानेका अनुसार आवश्यकता र क्षमताका आधारमा कृषि सामग्री वितरण गरिएको छ। कृषि सामग्री ग्रिन हाउस, थोपा सिँचाइ, हजारी र १० प्रकारको सागपातको बिउ विजन उपयोग र उत्पादन गर्नसक्ने अपांगता भएका व्यक्तिलाई

कृषि सामग्री वितरण

काठमाडौँ,३० जेठ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान […]

कृषकलाई व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण

अर्घाखाँची, ३० चैत । सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत […]

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

बनेपा । काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो । आयोजनाले नगरपालिकाभित्रका किसानका इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको […]

किसानलाई अनुदानमा कृषि सामग्री

तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई अनुदानमा जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामग्री वितरण गरिएको छ ।एक स्थानीय तह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम सञ्चालित छ । धानको उत्पादकत्व वृद्धि गर्न किसानलाई १८ लाख बराबको आवश्यक तालिमसहित कृषि सामग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताए ।जिल्ला […]

मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब रु ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो । नगरप्रमुख छत्रराज पौडेलले मकै […]