महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सरेको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन । यसैबीच नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन