पूर्वमन्त्री तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा दिएको रिट निवेदन शुक्रबार न्यायाधीशद्वय कार्की र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो । विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न