अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौ :  रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ।सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा पेश चढे पनि हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ। इजलासमा उनको मुद्दा पहिलो नम्बरमै परेको थियो। मजदुरहरुलई इट्टा भट्टामा राखेर जिउँदै जलाएको आरोपमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राख्ने आदेश दिएपछि आलम २०७७ मंसिरमा सर्वोच्च गएका थिए। यसअघि प