पहिले तिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, अहिले बिक्दैनन्

ढोरपाटन (बागलुङ)- एक दशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइ नभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे ।  आजभोलि मादल बिक्री नहुँदा व्यवसाय नै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बूढापाका पनि अन्य ...

सम्बन्धित सामग्री

छैन पहिला जस्तो मादलको व्यापार

‘पहिलेको जस्तो व्यापार अहिले छैन, तिहारमा मात्रै दुई सय बढी मादल बिक्री हुन्थ्यो, यसपटक ५० वटा भन्दा बढी गएन ।’

तिहारमा मादलको महत्व : हराउँदै मौलिक बाजा, नयाँ पुस्तामा छैन आकर्षण

नेपाली पर्वहरुमध्ये तिहारमा बढी बजाइने बाजा हो मादल । अन्य सांस्कृतिक पर्वहरुमा समेत बजाइने मादल खासगरी तिहारमा अधिकांशले खोज्छन् । तिहार नजिकिएसँगै मादलको बिक्री बढ्छ । तिहारमा देउसीभैलो खेल्नेहरुले नयाँ मादल किन्छन् । पुराना मादल पनि मर्मत गर्ने गरिन्छ ।

तिहारमा पनि बिक्दैनन् मादल

२३ कात्तिक, ढोरपाटन (बागलुङ) । एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे । आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य […]

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटन  : तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको छ। अहिले तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन्। तर आधुनिक शैली अंगाल्दा…

तिहारमा पनि बढेन मादलको बिक्री

त्रिवेणी – रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ। मादल बेचेरै दुई दशक बिताएका उनको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन। नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ। तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन्। तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उनले बताए। ‘तिहारले […]

मादल बनाउनेलाई भ्याइ–नभ्याई

५ कात्तिक, गुल्मी । तिहार पर्वसँगै गुल्मीमा मादल बनाउनेहरुलार्ई भ्याइनभ्याई भएको छ । तिहारमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्ने र पुरानो मर्मत गर्न आउने हुँदा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेहरुको व्यस्तता बढेको हो । तम्घासमा गल्कोटे मादल नामले व्यवसाय गर्दै आएका डिलबहादुर नेपाली दुई वर्षसम्म कोरोना महामारी गर्दा थलिएको व्यवसाय यस वर्ष भने चम्किएको […]

विदेशी संस्कृति मोहले मासिए मादल

काठमाडौँ : सरकारले नेपाली मौलिक बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्।विगतका तिहारमा मादलको माग अत्यधिक हुने गरे पनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरूको गुनासो छ। विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरे पनि यो वर्ष भने बजारबाट माग नआएको गुनासो गरे।विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर

तिहारमा पनि मादलको माग कम, आर्थिक संकटमा वादी समुदाय

दाङ– जीतबहादुर बादी तिहार भित्रिसक्दा पनि फुर्सदिलो छन् । तुलसीपुर–४ का उनलाई यस वर्ष पनि देउसीभैलोका लागि मादलको माग आउन सकेको छैन्। मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन् । कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गए पनि देउसीभैलीको लागि मादल बनाउने, मादल किन्नेहरूको संख्या बढ्न नसकेको उनको गुनासो छ । ‘गतवर्ष कोरोनाले मादलको व्यापार […]

मादल बनाउने पेशा संकटमा

१२ कात्तिक, गुल्मी। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँघरमा मादल बनाउनेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तिहारमा देउसी-भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउने गर्दथे। तर यस वर्ष कोरोना महामारीका कारण मादल बनाउनेहरु फुर्सदिला भएका छन्। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा मादल व्यवसाय गर्दै आएका डिलबहादुरको मादल पसल सुनसान छ । उनको पसलमा मादल […]

तिहारमा पनि घन्किएन मादल, न त बिक्री नै भयो

यो वर्षको तिहार सकियो । तिहारमा देउसी र भैलो खेल्नेले विगतमा मादल खरिद गर्थे तर यो वर्ष व्यवसायीले बनाएका मादल बिक्री भएनन् । कोरोना महामारीका कारण आम नागरिकमा कुनै उमङ्ग नआएको र यो वर्ष देउसीभैलो खेल्न मनाही गरिएकोले पनि मादलको बिक्री नभएको व्यवसायी बताउँछन् । होटल व्यवसायसँगै गाईघाट बजारमा विगतदेखि नै मादलको व्यापार पनि गर्दैआउनुभएका व्यवसायी खड्गबहादुर शाहीका अनुसार पछिल्लो समयमा युवा पुस्तामा नेपाली संस्कृति जगेर्ना गर्ने केही उत्साह जागेको थियो । तर मादल बिक्री हेर्दा गाउँ घरमा पनि यो वर्ष तिहार पर्वको रौनक छाएजस्तो देखिएन ।