यो वर्षको तिहार सकियो । तिहारमा देउसी र भैलो खेल्नेले विगतमा मादल खरिद गर्थे तर यो वर्ष व्यवसायीले बनाएका मादल बिक्री भएनन् । कोरोना महामारीका कारण आम नागरिकमा कुनै उमङ्ग नआएको र यो वर्ष देउसीभैलो खेल्न मनाही गरिएकोले पनि मादलको बिक्री नभएको व्यवसायी बताउँछन् ।
होटल व्यवसायसँगै गाईघाट बजारमा विगतदेखि नै मादलको व्यापार पनि गर्दैआउनुभएका व्यवसायी खड्गबहादुर शाहीका अनुसार पछिल्लो समयमा युवा पुस्तामा नेपाली संस्कृति जगेर्ना गर्ने केही उत्साह जागेको थियो । तर मादल बिक्री हेर्दा गाउँ घरमा पनि यो वर्ष तिहार पर्वको रौनक छाएजस्तो देखिएन ।