काठमाडौँ : सरकारले नेपाली मौलिक बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्।विगतका तिहारमा मादलको माग अत्यधिक हुने गरे पनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरूको गुनासो छ। विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरे पनि यो वर्ष भने बजारबाट माग नआएको गुनासो गरे।विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर