ओलीविरुद्ध बहुमत जुटाउन यादव सक्रिय

जनता समाजवादी पार्टी (जसपा) भित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको पार्टी अध्यक्ष यादवले बताए।  ‘केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय हामीले गरेका छौं’, यादवले भने, ‘यस विषयमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी नै छ।’ स्रोतका अनुसार यादवले यस विषयमा बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालसँग पनि छलफल गरेका छन्। यादवलाई भेट्न...

सम्बन्धित सामग्री

विश्वासको मत पुर्याउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्तारुढ दलहरु सक्रिय भएका छन्। सरकारको पक्षमा बहुमत पुर्याउन सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाको बालुवाटारमा बसेको हो। ती दलहरुबीच शक्ति बाँडफाँडलाई अन्तिम रुप दिँदै विश्वासको मत पाउने अवस्था बनाउन छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष […]

लुम्बिनीमा संसदीय दलको नेता बन्न सांसदहरूको दौडधूप

बुटवल – लुम्बिनी प्रदेशमा दलको नेता बन्न सांसदहरू सक्रिय भएका छन्। कुनै पनि दलको बहुमत नआएको लुम्बिनीमा सरकार बनाउनका लागि केन्द्रीय राजनीतिकै भर छ। संघमा बन्ने गठबन्धन प्रदेशमा पनि कायम रहने आशमा प्रदेशका नेताहरू सरकार गठनभन्दा अघि दलको नेता बन्नका लागि नेताहरूसँगको भेटघाटमा व्यस्त छन्। प्रदेशको ठूला दल एमाले, कांग्रेस र माओवादीका करिब २ दर्जन […]

ओली-प्रचण्ड मिलाउन वामदेव सक्रिय

काठमाडौं, १६ असार । नेकपा एकता अभियान लिएर सक्रियता बढाएका वामदेव गौतमले आज महत्वपूर्ण भेटहरु गरेका छन् । उनले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । भेटमा नेकपा एकता अनिवार्य भएको विषय राखेका थिए । गौतम निकट स्रोतका अनुसार यथास्थितिमा चुनावमा गए नेपाली काँग्रेसले बहुमत ल्याउने र कम्युनिस्टहरु निकै कमजोर हुने बताएका […]

देउवाले एमसीसीमा बहुमत पुर्याउन सक्लान् ?

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् । एमसीसी पारित गर्न देउवालाई गठबन्धनका दलहरुको पूर्ण समर्थन चाहिन्छ । तर, […]

कार्यकारिणीमा बहुमत जुटाउन जसपाको दुवै पक्ष सक्रिय

पार्टीका  फुटको अवस्थामा पुगे पछि कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सक्रिय भएको छ। कार्यकारिणीमा जसको बहुमत हुन्छ, कानुनी रूपमा जसपा उसकै हुन्छ। पोहर साल जसपाले निर्वाचन आयोगमा पठाएको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको छ।

कार्यकारिणीमा बहुमत जुटाउन जसपाको दुवै पक्ष सक्रिय

पार्टीका  फुटको अवस्थामा पुगे पछि कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सक्रिय भएको छ। कार्यकारिणीमा जसको बहुमत हुन्छ, कानुनी रूपमा जसपा उसकै हुन्छ। पोहर साल जसपाले निर्वाचन आयोगमा पठाएको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको छ।

बहुमत देखाउन जसपाको दुवै पक्ष सक्रिय

बैठकमा सहभागी यादव पक्षका नेता रामसहाय यादवका अनुसार आइतबार यादव पक्षले निर्वाचन आयोग र संसद् सचिवालयमा चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय पार्टीको नभएको जानकारी गराउने भएको छ।...

थप तातियो राजनीतिक माहोल- बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका दुवै पक्ष सक्रिय भएका छन्। दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्। दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको...

माओवादी केन्द्रबाटै प्रदेशसभा सदस्यमा सक्रिय रहन पाउँः विमला वली

काठमाडौं। लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल सरकार बनाउने तयारी गरेका बेला विमला वली माओवादी प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै एमालेको बहुमत नपुग्ने भएको छ। वलीले आजै माओवादी संसदीय दलका नेता कुलबहादुर केसीसमक्ष निवेदन दिएकी हुन्। उनले २०७७ फागुन २३ गतेदेखि नेकपा नरहेकाले आफू माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको रूपमा सक्रिय रहन निवेदन दर्ता गरेकी हुन्।