पार्टीका फुटको अवस्थामा पुगे पछि कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सक्रिय भएको छ। कार्यकारिणीमा जसको बहुमत हुन्छ, कानुनी रूपमा जसपा उसकै हुन्छ। पोहर साल जसपाले निर्वाचन आयोगमा पठाएको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको छ।