काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेर नयाँ सरकार बनाउने तयारीमा विपक्षी गठबन्धन लागेपछि संसदको ठूलो दल नेकपा (एमाले) का प्रभावशाली नेताहरुको बैठक बसेर विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिने रणनीति अख्तियार गरेको छ । प्रधानमन्त्री ओलीले हिजो संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार […]