पारा ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरेर फर्किएकी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई नपाल तेक्वान्दो संघले मंगलबार सम्मान गरेको छ । संघले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको समापनको अवसरमा पलेशालाई ५० हजार तथा लामालाई १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।