जापानको टोकियोमा २४ अगस्टदेखि ५ सेप्टेम्बर २०२१ सम्म अपाङ्गता भएका व्यक्तिहरूको 'प्यारालिम्पिक गेम्स' आयोजना हुँदैछ । त्यसमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनले पनि प्रतिस्पर्धा गर्दैछिन् ।
उनले के ४४ अन्तर्गत ५८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । पलेशाको साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा र पलेशा गोबर्द्धनसँग गरिएको कुराकानी :
१) प्यारालिम्पिक खेलमा सहभागिता जनाउन पाउँदा कस्तो अनुभव हुँदैछ ?
पहिलोपटक जापानमा हुने प्यारालिम्पिक गेम्समा सहभागिता जनाउन पाउँदा धेरै नै खुशी लागिरहेको छ। मैले त सोचेक...