धौलागिरी लघुवित्तले पनि आइपीओ निष्कासन गर्दै, लघुवित्तको आइपीओ सेबोनको पाइपलाइनमा

काठमाडौं।धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर(आइपीओ) निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको

सम्बन्धित सामग्री

कहिले आउँछ सिवाईसी नेपाल लघुवित्तको करीब ४ लाख कित्ता आईपीओ ?

चैत १८, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी बैशाख पहिलो साताभित्र निष्कासन गर्ने कम्पनीले तयारी गरेको छ । लामो समयसम्म आईपीओ निष्कासन रोकिंदा धेरै कम्पनीहरूले एकैपटक अनुमति पाएका थिए । एक कम्पनीको आईपीओ विक्रीवितरण नहुँदै दोस्रो कम्पनीको आईपीओ पनि विक्री खुला हुने अवस्था नआएपछि  केही कम्पनीले निष्कासन मिति पर सारेका हुन् ।  सिवाईसी नेपाल लघुवित्तले पनि एकै साथ धेरै कम्पनीको आईपीओ आउन लागेपछि निष्कासन मिति पर सारेको जानकारी दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्कासन गर्ने छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट चैत्र ९ गते स्वीकृती पाएको थियो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले हालसम्ममा ४८ जिल्लामा ७४ शाखा कार्यलयहरुबाट लघुवित्त सेवा दिंदै आएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६० प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी,सञ्चालन नाफा मा वृद्धि भएकाो छ । ६ करोड ४२ लाख रुपैयाँ खराब कर्जा उठाउन पनि कम्पनी ब्यवस्थापन सफल भएको छ । यसले पनि नाफा बढ्न टेवा पुगेको हो ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको उपकार लघुवित्तको वित्तीय अवस्था :

फागुन २, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारी  गरिरहेको छ ।  कम्पनी २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । आवश्य प्रक्रिया पुरा गरेर बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हालसम्ममा कम्पनीले ३२ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. ६ करोड ८६ लाख पुग्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रेमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशतले घटेको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ९३ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ८८ लाखमा सीमित भएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड १६ लाख खुद ब्याज आम्दानी रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ६ करोड ६० लाख पुगेको हो ।  त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३४ करोड ११ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड २६ लाखमा धनात्मक भएको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.१४ करोड ५८ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ९५ करोड ६९ लाख सापटि लिएर,रू.८९ करोड ८७ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब १३ करोड कर्जा लगानी गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७५ लाख ९ हजार खराब कर्जा उठाएको छ । त्यसैगरी सो अवधिमा कम्पनीको पूँजी कोष पर्याप्तता ९ दशमलव ६१ प्रतिशत र निष्क्रिय कर्जा २ दशमलव शून्य २ प्रतिशत रहेको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको उपकार लघुवित्तको वित्तीय अवस्था :

माघ २३, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आइपीओ निष्कासन गर्नेछ । कम्पनीले हालसम्ममा ३२ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको प्रधान कार्यालय कोहलपुर - ११, बाँकेमा रहेको छ ।  कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशतले कमि आएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ९३ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू.१ करोड ८८ लाखमा झरेको हो ।  त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवमा रू. ३४ करोड ११ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड २६ लाख धनात्मक भएको हो । त्यसै कम्पनीको खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ करोड १६ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ६ करोड ६० लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.९५ करोड ६९ लाख सापटि लिएर,रू. ८९ करोड ८७ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब १३ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७५ लाख ९ हजार खराब कर्जा उठाएको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% बढ्यो

माघ ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ६३ लाख ३६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ८१ लाख ६५ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ६ करोड ४२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा भने कम्पनीको सञ्चालन नाफा भने २३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ६ट लाख २४ हजार रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोड ४२ लाख मा झरेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने जगेडामा रू. १५ करोड २८ लाख २९ हजार सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १ करोड ९२ लाख सापटी लिएर, रू. १ अर्ब ११ करोड ४१ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ७७ करोड ४० लाख कर्जा लगानी गरेको हो । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।  कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

आदर्श लघुवित्तले ६० लाखको आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा बिओके

काठमाडौं, ८ साउन । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले आइपीओ निष्कासन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ । सम्झौतापत्रमा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले […]

नेष्डो लघुवित्तको आइपिओको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएको कुल ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि क्यापिटलसँग सम्झौता भएको हो ।सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश […]

बजार बढेसँगै ८ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि

वैशाख २, काठमाडौं । नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन बिहीवार नेप्से परिसूचक २० दशमलव ६१ अंकले वृद्धि भएको छ । परिसूचक २ हजार ७३५ दशमलव ४० विन्दुमा पुगेको हो ।  कारोबारमा आएका २१८ ओटा कम्पनी मध्ये आठ ओटा कम्पनीको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । सबैभन्दा बढी बेष्ट फाइनान्सको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी दोस्रोमा एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक शेयरमूल्य बढ्ने आठ कम्पनीको शेयरमूल्य तल टेबलमा देखाइएको छ ।  बिहीवार सर्वाधिक शेयर मूल्य बढ्ने ८ ओटा कम्पनीहरु :                                                                            स्रोत : नेपाल स्टक एक्सचेञ्ज  यी आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । कतियप कम्पनीको शेयरमूल्य अरुको तुलनामा कम भएकाले बजार बढेसँगै शेयरमूल्य बढ्ने अपेक्षाले पनि खरीदकर्ता धेरै रहेका छन् ।  सर्वाधिक शेयरमूल्य बढ्ने आठ ओटा कम्पनीमा दुई ओटा लघुवित्त कम्पनी, एक वित्त कम्पनी, एक हाइड्रोपावर कम्पनी, एक लाइफ इन्स्योरेन्स र बाँकी विकास बैंक रहेका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र महिला लघुवित्तले भर्खरै मात्र आइपीओ निष्कासन गरका हुन् । सोही कारण यी कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।