वैशाख २, काठमाडौं । नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन बिहीवार नेप्से परिसूचक २० दशमलव ६१ अंकले वृद्धि भएको छ । परिसूचक २ हजार ७३५ दशमलव ४० विन्दुमा पुगेको हो ।
कारोबारमा आएका २१८ ओटा कम्पनी मध्ये आठ ओटा कम्पनीको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । सबैभन्दा बढी बेष्ट फाइनान्सको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी दोस्रोमा एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक शेयरमूल्य बढ्ने आठ कम्पनीको शेयरमूल्य तल टेबलमा देखाइएको छ ।
बिहीवार सर्वाधिक शेयर मूल्य बढ्ने ८ ओटा कम्पनीहरु :
स्रोत : नेपाल स्टक एक्सचेञ्ज
यी आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । कतियप कम्पनीको शेयरमूल्य अरुको तुलनामा कम भएकाले बजार बढेसँगै शेयरमूल्य बढ्ने अपेक्षाले पनि खरीदकर्ता धेरै रहेका छन् ।
सर्वाधिक शेयरमूल्य बढ्ने आठ ओटा कम्पनीमा दुई ओटा लघुवित्त कम्पनी, एक वित्त कम्पनी, एक हाइड्रोपावर कम्पनी, एक लाइफ इन्स्योरेन्स र बाँकी विकास बैंक रहेका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र महिला लघुवित्तले भर्खरै मात्र आइपीओ निष्कासन गरका हुन् । सोही कारण यी कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।