काठमाडौं (अस) । समृद्धि फाइनान्सले ग्राहकलाई बचत र बीमा दुवै सेवा दिने गरी समृद्धि सुरक्षित जीवन बचत खाता सञ्चालनमा ल्याएको छ ।
यसअन्तर्गत समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) र समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णिम) नामक दुई वटा बचत खाता छन् । समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) मा न्यूनतम १० हजार रुपैयाँ राख्नुपर्नेछ र ७ लाखसम्मको दुर्घटना बीमा सुविधा पाइनेछ ।
समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णिम) मा न्यूनतम ५० हजार रुपैयाँ राख्नुपर्ने र ७ लाखसम्मको दुर्घटना बीमा तथा १ लाखसम्मको औषधोपचार बीमा सुविधा पाइनेछ । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको कम्पनीले आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएको छ ।