सनराइज बैंकको नयाँ बचत खाता

काठमाडौं (अस) । सनराइज बैंकले  ग्राहक सुविधालाई ध्यानमा राखी  नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । सन्राइज सम्पूर्ण बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनुका साथै विभिन्न सेवाको फाइदा लिन सक्नेछन् । उक्त खातामा बैंकले पाँच वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ । एक वर्षका लागि डिम्याट खाता एवं मेरो शेयरको शुल्क लाग्ने छैन भने  अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटसमेत पाइनेछ । बचत खातामा ग्राहकले ८०,००० सम्मको अस्पताल भर्ना खर्च र २०,००० सम्मको ओपीडी खर्च बीमाका साथै ५ लाखसम्मको दुर्घटना बीमा सुविधा पाउन सक्ने बैंकले बताएको छ । बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिनेछ । स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत दाबी गर्न सकिनेछ । बैंकले हाल १३९ शाखा, १२ एक्सटेन्सन काउन्टर, १५७  एटीएम र ८३ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

सनराइज बैंक र प्रभु अस्पतालबीच सम्झौता, बचतकर्ता र कर्मचारीलाई उपचारमा छुट

वीरगंज : सनराइज बैंक वीरगंज शाखा र प्रभु हस्पिटल पानीट्यांकी वीरगंजबीच स्वास्थ्य बिमा सम्झौता भएको छ। सनराइज बैंकमा बचत खाता भएका ग्राहकलाई अस्पतालमा उपलब्ध सबै सेवामा १५ प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा अभिषेक अर्यालले बताए। त्यसैगरी, सनराइज बैंकका कर्मचारीहरुलाई २० प्रतिशत