पूर्वपत्नीलाई घरायसी काम गराएबापत् क्षतिपूर्ति दिन आदेश

बेइजिङ । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्वपत्नीलाई घरायसी काम लगाएबापत क्षतिपूर्तिस्वरूप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ । पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगत्तै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका छन् । यसै वर्षदेखि लागु भएको देशको नयाँ देवानी कानुनअनुसार पारपाचुके गरेका दम्पत्तिमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् । पूर्वपत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताएकी थिइन् । उनका पूर्वपति चेन भने काममा जानुबाहेक घरमा केही काम नसघाएको वाङको दाबी छ । अदालतको आदेशमा भनिएको छ– वाङले घरयसी काम र बालबच्चा हुर्काउने काम पनि गरेको थप क्षतिपूर्ति मागेकी छिन् । अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब आठ हजार डलर तिनुपर्ने आदेश दिएको छ । स्थानीय सञ्चार माध्यमले वाङले अदालतको आदेश विरुद्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कार्यको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचार विमर्श भएको छ । चीनको सामाजिक सञ्जाल वाइबोमा बुधबारसम्म ५७ करोडभन्दा बढीले वाङ र चेनको मुद्दामाथि बहस गरेको पाइएको छ । टिप्पणी गर्नेहरुरू महिलामाथि शोषण भइरहेको भन्दै आक्रोश पोखेका थिए । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) को अनुमानअनुसार चिनियाँ महिलाले घरमा दैनिक करिब चार घण्टा बेतलबी कार्य गर्दछन् । यो पुरुषको भन्दा झण्डै अढाई गुणा बढी हो भने औसतभन्दा बढी हो । चीनमा पारपाचुकेसम्बन्धी कानुनलाई उदार बनाइएपछि र महिलाहरू आर्थिक रूपमा बढी स्वतन्त्र हुन थालेपछि विगत दुई दशकमा पारपाचुके गर्ने क्रम निकै बढेको छ । तर बेइजिङका लागि यो टाउकोदुखाइको विषय बन्दै गएको छ; किनभने चीनमा वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको छ । (रासस–एएफपी)

सम्बन्धित सामग्री

मकवानपुरमा घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु

४ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार एकैदिन घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा एक वृद्ध र एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान …

कामको तनाव व्यवस्थापन गर्ने तरिका

हामी जीवनयापन गर्ने क्रममा विभिन्न काम, व्यवसाय वा जागिरमा लागेका हुन्छौँ । घरायसी काम, खेतीकिसानी, सामाजिक काम, बिजनेस व्यवसायमा कहिलेकाहीँ विभिन्न खालका अप्ठ्यारा वा उल्झनहरू झेल्नुपर्ने हुन सक्छ । यसले...

फिट देखिन यी एक्सरसाइज

कार्यालयको काम र घरायसी काम दुवैमा उत्तिकै व्यस्त हुने भएकाले महिलाहरूले फिटनेसका लागि खासै समय दिन पाएका हुँदैनन् । जसकारण, मोटोपनको समस्या देखिने गरेको पाइन्छ । व्यस्तताकै कारण घरमै जिमका मेसिन ल्याएर...

सन् २०३३ सम्ममा ३९ प्रतिशत घरायसी काम रोबोटले सम्हाल्ने : अध्ययन

बेलायत र जापानका अनुसन्धाताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ६५ जना विज्ञलाई आगामी १० वर्षमा घरायसी काममा अटोमेसन (स्वचालन) को हिस्सेदारी कति हुन सक्छ भनेर सोधेका थिए । एआईविद्हरूले सबैभन्दा बढी अटोमेसन किराना किनमेलमा...

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

गुल्मी – विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ। घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन्। तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ। यहाँ ग्रामीण भेगका महिला […]

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला, राडीपाखी र गलैँचा बेचेर कमाउँछन् मनग्ये

आफैँले सङ्घर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुरा बुढाको भनाइ छ । 'महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन', उनले भनिन्, 'म त धेरै वर्षदेखि आफैँ आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु ।'

यस्ता एक्सरसाइजले फिट देखिन्छन् महिला

फिटनेस  टिप्स देवेन्द्र श्रेष्ठ, फिटनेस कोच प्लानेट फिटनेस, काठमाडौं कार्यालयको काम र घरायसी काम दुवैमा उत्तिकै व्यस्त हुने भएकाले महिलाले फिटनेसका लागि खासै समय दिन पाएका हुँदैनन् । जसकारण, मोटोपनाको समस्या देखिने गरेको...

स्वरोजगारबाट उद्यमी बन्दै पाल्पाका महिला

घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त स्वरोजगारका काममा पनि लागेका छन् । उनीहरू आयआर्जनका लागि विभिन्न पेशा, व्यवसायमा संलग्न भएका छन् भने समाजमा विभिन्न संघसंस्थामा पनि आबद्ध छन् । हुन त नेपाली समाजमा अहिले पनि भान्साको …

आलेखः स्वरोजगारबाट उद्यमी महिला बनेका बनेका यी उदाहरणहरु

रामपुर घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त

फेरि उठ्न चाहन्छिन् रिता

आमाबुवालाई घरायसी काम सघाउँथिन्। तर उनी अहिले हल न चल भएकी छन्। अहिले उठ्न र बस्नसमेत अरुको सहारा चाहिने अवस्थामा पुगेकी छन् रिता। पहिला ठमठम हिँडडुल गरेको क्षण उनका लागि अहिले सपनाजस्तै भएको छ।...