आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला, राडीपाखी र गलैँचा बेचेर कमाउँछन् मनग्ये
आफैँले सङ्घर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुरा बुढाको भनाइ छ । 'महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन', उनले भनिन्, 'म त धेरै वर्षदेखि आफैँ आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु ।'
जाजरकोट : बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला महिनामा छ वटा राडी उत्पादन गर्थे। माग धेरै आउने भएकाले राडी उत्पादन गर्न समस्या हुन्थ्यो। तर, पछिल्लो समय महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ।
बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले गाउँमा उत्पादन हुँदै आएको राडीको व्यवसाय संकटम...