यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८ अंक बढेको छ । गत साताको शुक्रबार २००९ अंकमा रहेको नेप्से परिसूचक यो साता सामान्य अंकले बढेर २०१७ अंकमा पुगेर बन्द भएको हो । सातामा ६ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन बढेको थियो । सातामा दुई दिन घटे पनि समग्रमा नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको हो । यस्तै, यो साता सेन्सेटिभ समूह ०.३३ अंकले बढेको छ ।नेप्से परिसूचक सामान्य अंकले बढेपनि यो साता कारोबार रकम भने घटेको छ । यो साता कारोबार भएको ६ दिनमा ९ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ