साताको सेयर बजार – ३६ अंक घट्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।नेप्से परि

सम्बन्धित सामग्री

साताको सेयर बजार : होटलका लगानीकर्ताले धेरै कमाए, बैंकिङ क्षेत्रकाले गुमाए

१५ मंसिर, काठमाडौं । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो । सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले घटेसँगै नेप्सेले १८५८ विन्दुमा झरेर यो सातालाई बिदा गरेको छ । गत साता १८६० […]

साताको सेयर बजार– ७५ अंक घटेर बन्द हुँदा कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.६३ अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २११३.५५ अंकमा रोकिएको नेप्से ३ प्रतिशत घटेर २०३७.९२ अंकमा आइपुगेको हो । साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ कारोबार दिन घट्यो । जसले गर्दा एकै हप्तामा ७५ अंकभन्दा बढीको गिरावट आएको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्समा समेत १४.७८ अंकको गिरावट आएको छ ।परिसूचक उल्लेख्य मात्रामा घटेको साता कारोबार रकम पनि घटेको छ । यो साता नेप्सेमा १२ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघि

साताको सेयर बजार– तीन दिन मात्रै कारोबार भएको नेप्से ११७ अंक घट्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ठूलो गिरावट आएको छ । साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्रै खुलेको नेप्सेमा ११७ अंकको गिरावट आएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक २३५६.१७ अंकमा थियो । जुन, यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा ५ प्रतिशतले घट्दै २२३८.६२ अंकमा आइपुगेको हो ।यस सातामा सोमबार, बुधबार र विहीबार मात्रै सेयर कारोबार भयो । आइतबार र मंगलबार सार्वजनिक विदा परेकाले कारोबार बन्द रह्यो । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारले यस सातापनि घट्दो लयला