विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको ४ कारोबार दिन नै खुलेको सेयर बजार २० अंकले बढेसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको छ । गतसाता नेप्से सूचक २५ सय ४७ अंकबाट कारोबार सुरू भएको थियो ।पाँच कारोबार दिनमध्ये दुई कारोबार दिनमा भने बजार घटेको थियो । यस्तै, बाँकी दुई कारोबार दिनमा परिसूचक बढेर बन्द हुँदा समग्रमा बजार २० अंकले बढेको हो । बजार २० अंकले बढेपनि यो