यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो । उसो त यस ४७ अंकले बढेको यस हप्ता कारोबार रकममा समेत बढोन्नती आएको छ । तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७