श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा त्यहाँ सामाजिक सञ्जाल चलाउन बन्देज गरिएको हो । कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शन रोक्न फेसबुक, ट्वप्टर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाईएको छ ।श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै शनिबार साँझ देशैभर ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।प्रदर्शनमा सहभागीता कम गराउँदै लैजान सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईएको बताईएपनि कहिलेसम्म प्रतिबन्ध कायम रहन्छ भन्ने खुलेको छैन ।
काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ। कोलम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो। श्रीलङ्कामा राष्ट्रपति र सरकारविरुद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति सङ्कटकाल घोषणा गरिएको थियो। सङ्कटकालसँगै सरकारले शनिवार साँझ देशभरि ३६ घन्टे कर्फ्यु लगाइएको थियो। सरकारले कहिलेसम्म सामाजिक […]
रुस–युक्रेन युद्धको बीचमा देशमा ट्वीटर र युट्युबसँगै फेसबुक बन्द गरेको छ । यी सोशल मिडिया प्लेटफर्महरू रूसी कम्पनीहरूप्रति भेदभावपूर्ण मनोवृत्ति अपनाएको आरोप लगाइएको छ। यसै क्रममा फेसबुकले जारी गरेको विज्ञप्तिमा रुसले आफ्नो निर्णयबाट जनतालाई भरपर्दो जानकारीबाट वञ्चित गरेको बताएको छ । अक्टोबर २०२० देखि फेसबुक विरुद्ध भेदभावका २६ वटा घटना भएका छन्। यो जानकारी रुसी […]
एजेन्सी – युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक संजाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ । फेसबुकमा रुसी संचार माध्यमलाई सेन्सर गरेको आरोप लगाउँदै रुसले फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको हो । स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेभसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भएपनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ । […]
एजेन्सी।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल कम्पनी र मुख्य कार्यकारी अधिकृतहरुविरुद्ध मुद्दा हाल्ने भएका छन्।आफूमाथि गलत तरिकाले प्रतिबन्ध लगाएको भन्दै उनले मुद्दा हाल्न लागेका हुन्। ट्रम्पले कालो सूचीमा राख्न,हटाउन वा रद्द गर्नेजस्ता प्रक्रिया रोक्न माग गरे। ६ जनवरीमा अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्प समर्थकले हमला गरेपछि त्यसका लागि उक्साएको भन्दै ट्रम्पमाथि फेसबुक, ट्विटर र गुगलले प्रतिबन्ध लगाएका थिए।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट २ वर्षको लागि निलम्बन भएको छ । गत जनवरी महिनादेखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएकोमा उक्त बन्देजलाई २ वर्षमा सीमित गर्ने निर्णय फेसबुकले गरेको हो । फेसबुकको निगरानी बोर्डले यसअघि ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको थियो । ट्रम्प समर्थकले अमेरिकी संसदमा मच्चाएको […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले अनिश्चितकालका लागि बन्द गरिदिएको छ । बुधबार अमेरिकी संसद भवनमाथि भएको हमलापछि फेसबुक र ट्वीटरले राष्ट्रपति ट्रम्पको अकाउन्ट सर्तसहित केही घण्टाका लागि लक गरेको जानकारी दिएको थियो । तर फेसबुकले भने अब ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ । फेसबुक कम्पनीका प्रमुख मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरेर अमेरिकी राष्ट्रपति ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका छन् । मार्क जुकरबर्गले विज्ञ
२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले अस्थायीरुपमा ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् । सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले बारम्बार निर्वाचनमा […]