किरात प्रदेश नामकरणको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन सकेको छैन । प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रमहरू आयोजना भइरहेका छन् । यही क्रममा किरात राई यायाेक्खाले प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका छन्। घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन्। उनीहरूले पहिचानको आधारमा प्रदेश १ को न

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरको कार्यालय घेराउ

फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्वसूचनाबिना आफूहरुलाई हटाएर महानगरले...

काँग्रेसका महिला कार्यकर्ताद्वारा विराटनगरमा पार्टी कार्यालय घेराउ

विराटनगर । नेपाली काँग्रेसका महिला कार्यकर्ताहरुले विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालय घेराउ गरेका छन् । गठबन्धन गरेर चुनावमा जाँदा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गर्ने खेल भएको भन्दै विराटनगरस्थित पार्टी कार्यालय घेराउ गरेका हुन् । महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै महिलाको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । महिलाको हक अधिकार खोस्ने खेल […]

जनमत पार्टीद्वारा निर्वाचन कार्यालय घेराउ, निर्वाचनमा अवरोधको चेतावनी

किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । मंगलबार जनकपुरधाममा जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्‍याली नगरको विभिन्न क्षेत्रको परिक्रमा

महन्थ ठाकुरले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ मा पार्टीका प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरु एकलौटी ढंगले नियुक्त गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।आइतबार लोसपा नेपालका असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले काठमाडौँस्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । सो क्रममा उनीहरुले ठाकुरले गरेका एकलौटी निर्णय सच्याउनुपर्नु माग गरे का छन्। लोसपा नेपालका नेतृ विन्दु ठाकुरले अध्यक्ष ठाकुरलाई भेटेर यसबारे ध्यानाकर्षण गराउन खोजे

जनमत पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेको छ । निर्धारित कार्यक्रमअनुसार महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीले जनाएको छ ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरीमाथि आवश्यक अनुसन्धान तथा छानविनका लागि दबाब दिँदै अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीका नेता बताउँछन् । प्रदेश सरकारले खरिद गरेको साइकल तथा वितरण प्रक्रियासम्बन्धी फाइलहरू हाल अख्तियारको नियन्त्रणमा छ ।अख्त

प्रदेश २ : जनमत पार्टीका कार्यकर्ताले घेरे मुख्यमन्त्रीको कार्यालय

प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । मुख्यमन्त्रीकै कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेराउ गरेको हो ।मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउअघि जनकपुरधाम नगर परिक्रमा गरेका थिए ।उनीहरुले जनकपुरधाम उपमहानगरपाल

लुम्बिनी प्रदेश : पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय घेराउ

लुम्बिनी प्रदेश सभाका विपक्षी दलले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । विपक्षी दलहरुले आज दिउँसो एक बजे नै ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाएपछि त्यसलाई लत्याएर प्रदेश प्रमुखले एकतर्फी रुपमा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त ग...

शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता