लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ मा पार्टीका प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरु एकलौटी ढंगले नियुक्त गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।आइतबार लोसपा नेपालका असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले काठमाडौँस्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । सो क्रममा उनीहरुले ठाकुरले गरेका एकलौटी निर्णय सच्याउनुपर्नु माग गरे का छन्। लोसपा नेपालका नेतृ विन्दु ठाकुरले अध्यक्ष ठाकुरलाई भेटेर यसबारे ध्यानाकर्षण गराउन खोजे