काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने दोहोर्याएका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रधानन्यायाधीश जबराले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन्।
उनले न्यायालयलाई कमजोर बनाउने खेलको पछाडि आफू नलाग्ने पनि बताएका छन्। विधिसम्मत रुपमा मात्र जाने भन्दै उनले यस्ता हल्लामा दलहरुले महाभियोग ल्याउँदैनन्…