प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।यस्तै, रोजगार केन्द्रमार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिइने छ । यस्तै, श्रमिकको सीपविकास र कल्याणकारी कोष स्थापना गरिने बताइएको छ ।