हेटौंडा : रोजगारीको सिलसिलामा विदेशिनेको संख्या बढिरहँदा हेटौंडा उपमहानगरपालिकामा भने रोजगारीको लागि विनियोजित बजेट बर्सेनी फ्रिज हुने गरेको छ। स्वदेशमा नै रोजगारी दिन सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हेटौंडा उपमहानगरपालिकामा बर्सेनी फ्रिज हुने गरेको हो। बेरोजगारीको मारमा परेर वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहँदा हेटौंडा उपमहानगरले उनीहरुलाई स्वदेशमा नै रोजगारी दिन बजेट खर्च गर्न नसकेको हो। गत आर्थिक वर्ष २०७८\०७९ मा हेटौंडा उपमहानगरमा प्रधानमन्त्री