बचत तथा ऋण सहकारीहरूको नेतृत्व रूपान्तरणकारी हुन आवश्यक छ । यसकोे नेतृत्व त्यागबाट मात्र स्थापित हुन सक्दछ । अभियानमा योगदान नगर्ने बचत तथा ऋण सहकारी व्यवस्थापनमा योगदान नभएका व्यक्तिले सहकारी अभियानको नेतृत्व लिन सक्दैन । सहकारिताको कसीमा राम्रो देखिएको व्यक्ति नै अभियानको नेतृत्वमा स्थापित हुँदा अभियानको स्थायित्व र विकासमा योगदान पुग्छ ।
योजनाबद्ध उत्तराधिकारी विकासको सिद्धान्त
बचत तथा ऋण सहकारीहरूको नेतृत्व संस्थागत विकासका रणनीतिहरूको जानकार र योजनाकार हुुनुपर्छ । सहकारीहरूमा अध्यक्ष हुन उपाध्यक्षलाई तयार गर्न सरल योजना हुन सक्छ । संस्थाको व्यावसायिक रणनीतिहरू निर्माण तथा कार्यान्वयनमा जिम्मेवारी लिएको व्यक्ति जसले अभियान भोगेको छ उसलाई पछाडि पारेर नयाँ नेतृत्व स्थापित गर्दा अभियान कमजोर बनेको पाइन्छ । त्यसैले हरेक संस्थामा नेतृत्व उत्तराधिकारी विकासको दायित्व वर्तमान नेतृत्वको हुन्छ । उत्तराधिकारी विकासको लिखित योजना नै संस्थाहरूमा हुन आवश्यक हुन्छ ।
नेतृत्व विकास र उत्तराधिकारी योजना सम्मिश्रणको सिद्धान्त
सामान्य उत्तराधिकारी विकासको नियम नेतृत्व विकास र हस्तान्तरण मिश्रित ढाँचामा हुनुपर्छ वा विकासको चरणमा नै आगामी नेतृत्वको विषयमा स्पष्ट खाका आएको हुनुपर्छ । नेतृत्व विकासको अवसरमा एक जनाको सहभागिता रहने अर्को व्यक्ति नेतृत्वमा आउने हुँदा संस्थाको काममा असर पर्न सक्छ । त्यसैले संस्थाले नै नेतृत्व विकास योजनामा नै पुस्तान्तरणको योजना समावेश गर्नुपर्छ । नेतृत्वमा उत्तराधिकारी विकास फरक विषय नभएर नेतृत्व विकासको एउटा अवयव हो । त्यसैले बचत तथा ऋण सहकारी अभियानमा अध्यक्ष वा प्रमुख कार्यकारी अधिकृतको उत्तराधिकारी विकास आकस्मिक नभई नेतृत्व विकास योजनामा आधारित हुनुपर्छ ।
सबै तह र पदमा उत्तराधिकारी विकासको सिद्धान्त
बचत तथा ऋण सहकारीहरूको नेतृत्व विकास एक पद वा तहको मात्र विषय बनाउनु हुँदैन । यो आन्तरिक प्रणालीको सबै तह र पदको पुस्तान्तरणको तयारी गरिएको हुनुपर्छ । उत्तराधिकारी विकास योजनाले तल्लो तहकोलाई कम उत्प्रेरणा सृजना हुन सक्छ भने माथिल्लो तहका लागि दबाब । जसले गर्दा संस्थागत विकासमा थप योगदान पुग्छ । कुनै पनि तहमा पश्चगामी नेतृत्व हस्तान्तरणले विकासको गति कम गर्छ । धेरै संस्थाहरूको विभिन्न तहमा नेतृत्वको पुनरावृत्ति अधिक भएको पाइन्छ । यसले संस्था र सदस्यहरूको हितलाई कमजोर बनाउँछ । नयाँ नेतृत्वको नयाँ सोचले नै संस्थागत विकासमा योगदान पुग्ने अपेक्षा लिइएको हुन्छ ।
नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिविम्बको आत्मीकरण
नेतृत्व उत्तराधिकारी विकासमा पनि नेतृत्व विकासको चक्र नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिबिम्बको आत्मीकरणले सक्षम नेतृत्व जन्मन सहयोग पुग्छ । नेतृत्व गर्ने अवसर नपाएको व्यक्ति सीधै कुनै पदको नेतृत्वमा जाँदा भूमिका कस्तो हुन्छ परीक्षण भएको हुँदैन । त्यसैले जुन पदको नेतृत्व उत्तराधिकारी विकास गर्ने हो उक्त पदको जिम्मेवारी बुझेको नेता हुन आवश्यक छ । नेतृत्वको अभ्यास गर्ने अवसर नपाएको वा गरेको नेतृत्वमा सहकर्मीहरूको पृष्ठपोषणको अवसर नभएको वा आफैले नेतृत्व गर्दाको प्रतिविम्बको महसूस नगरेको व्यक्तिले वास्तविक नेतृत्व गर्न सक्दैन । त्यसैले संस्थागत नेतृत्वको दिगोपनका लागि निकटतम पदलाई उत्तराधिकारी विकासको पहिलो खुड्किलोको रूपमा स्वीकार गरिएको हुन्छ ।
खुला र पारदर्शिताको सिद्धान्त
उत्तराधिकारी विकास खुला र पारदर्शी विधिमा आधारित हुनुपर्छ । सबै तहमा उत्तराधिकारी विकासको अभ्यास स्थापित हुँदा सबैको विकासको अवसर पनि सृजना हुन्छ । खुलारूपमा छलफल, बहस र जिम्मेवारी प्रदानले नेतृत्व खारिएर आउने हुन्छ । यसले काममा प्रतिस्पर्धाको वातावरण सृजना गर्छ । पारदर्शी विधिले मात्र असल नेतृत्व स्थापित हुन सक्छ । नेतृत्व विकासको विधि पारदर्शी नभएमा वा सबैलाई समान अवसर सृजना नगरिएमा भविष्यमा पनि कार्य प्रगति कमजोर रहन सक्छ ।
सामान्य, लचिलो र विकेन्द्रित विधि र प्रक्रियाको सिद्धान्त हरेक संस्थाले नेतृत्व उत्तराधिकारी विकासको सामान्य संस्कारको विकास गर्नुपर्ने हुन्छ । यो संस्कार सरल विधिमा आधारित हुनुपर्छ । साथै प्रक्रिया लचिलो एवं विकेन्द्रित हुन आवश्यक हुन्छ । नेतृत्व विकास माथिको आदेशमा हुनै सक्दैन । कार्यक्षेत्रमा गरेको र गर्न सक्ने योगदानमा आधारित हुन्छ । त्यसैले कसैको खोजीबाट आएको नामावलीबाट स्थापित भएको नेतृत्वले भन्दा अभियानमा भिजेका नेतृत्वहरूको कार्यसम्पादन स्तर हजारौं गुणा राम्रो हुन्छ । सबै सहभागी हुन सक्ने विकेन्द्रित विधिमा आधारित भई संस्थामा आवश्यक शीप र दक्षतासमेत समेटेर आएको नेतृत्वले जतिसुकै कठिन समयमा पनि सही नतिजा निकाल्न सक्छ ।
निरन्तर अनुगमन तथा मूल्यांकनको सिद्धान्त
उत्तराधिकारी विकासको योजना कार्यान्वयनको अनुगमन अत्यावश्यक हुन्छ । उत्तराधिकारी विकास योजना अनुगमन संयन्त्र संस्थामा हुन आवश्यक छ जसले सही नेतृत्व विकासमा योगदान गर्छ । निरन्तर अनुगमन गरी आवश्यक सुधार गर्न सकियो भने मात्र नेतृत्व स्थापित हुन सक्छ ।
बचत तथा ऋण सहकारी अभियानमा नेतृत्वको उत्तराधिकारी महत्त्वपूर्ण विषय हो । नेतृत्व परिवर्तन नै संस्थागत विकासको आधार हो । बचत तथा ऋण सहकारी संघहरूमा एउटै पदमा एक व्यक्ति एक कार्यकाल हुनैपर्छ किनकि लाखौंको संख्यामा रहेका अभियानकर्मीहरूको प्रतिनिधित्व संघहरूले गर्न सक्नुपर्छ । यसबाट संस्थामा प्रजातान्त्रिक संस्कार विकास हुन सक्छ भने संस्थाको स्थायित्वको सुनिश्चितता हुन जान्छ । बचत तथा ऋण सहकारी अभियानकर्मीहरूले आफ्नो नेतृत्व आफै छान्न सक्ने क्षमता र अधिकार राख्नुपर्छ । यसबाट मात्र अभियान सुदृढीकरण र शुद्धीकरण सम्भव छ । नेतृत्वको असल पथप्रदर्शनले मात्र अभियान थप उचाइमा पुग्न सक्छ । निरन्तर सिकाइ, निरन्तर विकास, सादा जीवन उच्च विचार भएको व्यावहारिक रूपमा अभियानमा योगदान गरेका स्थापित नेतृत्व आजको आवश्यकता हो जुन उत्तराधिकारी योजना निर्माण र कार्यान्वयनबाट सम्भव छ ।
लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष हुन् ।
प्रजातन्त्रको स्थायित्व र बल नै संवैधानिक माध्यमद्वारा अनवरत क्रान्तिमा आधारित हुन्छ । आन्दोलनको मूलभूत राष्ट्रियताले यसको सफलता निर्धारण गर्छ । राजनीतिक अधिकारको भ्रष्टाचार आफैंमा निहित रहँदैन, तैपनि यसको स्रोतमा रहन्छ । जनतामा निहित शक्तिमा आधारित प्रजातान्त्रिक राजनीतिक शक्ति नै भ्रष्ट त्यो बेला हुन्छ जब ती राजनीतिक शक्ति नै आफ्नो निजी स्वार्थमा लिप्त हुन्छन् । प्रजातन्त्र […]
विकासको परिचय विकासबारे जनताको बुझाइ देशको सामाजिक-आर्थिक अवस्था, प्रजातान्त्रिक संस्कार, राजनीतिक स्थायित्व, औद्योगीकरणको स्तर, स्वास्थ्य, शिक्षा र प्रविधिको विकास अनुसार फरक-फरक हुन्छ । सामान्य बुझाइमा विकास जनताको जीवनस्तरमा सुधार गर्ने क्रमिक प्रक्रिया हो । यो सामाजिक, आर्थिक, भौतिक, वातावरणीय र जनसांख्यिक पक्षको गुणस्तर र मात्रामा हुने सकारात्मक वृद्धिको प्रक्रिया हो । नेपालको सन्दर्भमा जनताका आवश्यकता […]
दाहालले पेस गरेको प्रस्तावमा ''अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुने'' उल्लेख छ।
काठमाडौं : अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्। त्यसका निमित्त वैकल्पिक मार्ग आवश्यक भएको उनले बताएका छन्। पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए।नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने दावी गर्दै अब बैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् । पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको जिकिर गरे।नेपालको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्