नेपाल वायु सेवा निगमका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रिरहेका बेला नागरिक उड्यन प्राधिकरण (क्यान) का कर्मचारीहरु समेत आन्दोलनमा उत्रिने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको हालको प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउने गरी प्रस्ताव अघि बढाएसँगै क्यानमा आवद्ध कर्मचारी युनियनहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । कर्मचारी युनियन संवद्ध पाँच संगठन नेपाल नागरिक उड्ययन प्राधिकरण कर्मचारी संगठन, मधेश तराई कर्मचारी युनियन, लोकतान्त्रिक कर्मचारी संघ, राष्ट्