तीन महिनाभित्र दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने उद्घोष

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले मंगलबार पदभार ग्रहण गरेका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो । पदभार ग्रहणसँगै क्षेत्रीले पहिलो कामको रुपमा तीन महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने उद्घोष गरेका छन् ।‘तीन महिना, तीन काम’ मेरो पहिलो प्राथमिकता भैरहवा विमानस्थल र पोखरा विमानस्थल हुनेछ । यी दुई अन्तर्राष्ट्रिय विमानस्थल

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय विमानस्थलबारे विज्ञ समूहले काम थाल्यो

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त ठाउँ पहिचान गर्न गठित विज्ञ समूहले काम सुरु गरेको छ । विज्ञ समूहले एक महिनाभित्र सम्भाव्यता अध्ययन गरेर पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने सम्भावित...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सुचारु हुन्छ : पर्यटनमन्त्री आले

सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताएका छन् । होटल व्यवसायी महासंघ,नेपालको ९ औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् । मन्त्री आलेले विमानस्थल दुई महिनाभित्र सञ्चालनमा ल्याइने योजना रहेको जानकारी समेत दिए ।विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) को तयारी भैरहेको बताउँदै मन्त्री आलेले विमानस्थलमा लाइटिङ, एयर कण्डिशनिंग र इलेक्ट्रिक सप्लाइको काम स

‘आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन् ।मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेशन फ्लाइट गर्ने जानकारीसमेत दिए । उनले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि बताए । “हामी करिव ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र सम्पन्न हुने

राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य निरन्तर जारी छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनाभित्र सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा कामले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माणकार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ । अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो ।

अबको ९ महिनाभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ९ महिनाभित्र (२०१९ को अगस्ट/सेप्टेम्बरमा) पूरा गर्ने दाबी गरेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष ढिलो हुने

काठमाडौँ । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष ढिलो हुने

काठमाडौँ, असोज २३ गते । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...