रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले सञ्चालन गरेको छोरी बिमा कार्यक्रम आइतबारबाट आरम्भ भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको थियो। चालु आर्थिक वर्षमा जन्मिका छोरीको बिमा हुने गाउँपालिकाले जनाएको छ।सिस्ने गाउँकार्यपालिकाको ५८ औं बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन गरिएको हो। बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५-५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ।गाउँपालिकाले सञ्चालनमा लिएको छोरी बिमा कार्यक्रम आइतबार सिस्ने–३ प