रुकुम पूर्व : सिस्ने गाउँपालिका–८ की उर्मिला पुनको बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ। एक वर्ष पनि उमेर नपुगेकी उनको बैंक खाता खुलेको छ र त्यसमा नगद पनि जम्मा भइसकेको छ। सिस्ने–२ की इभान्जली बुढाथोकीको पनि सदरमुकाममा रहेको एक बैंकमा खाता खोलिएको छ। उनको उमेर पनि एक वर्षभन्दा कम छ।सिस्ने–५ की साहाना थापाको पनि बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ। छोरी जन्मेपछि जन्मदर्ता गरेर उनीहरूका अभिभावकले बैंक खाता खोलिदिएका हुन्। त्यो खातामा सिस्ने गाउँपालिकाले रकम जम्