भुक्तानी नपाएपछि धर्ना

राजविराज नगरपालिकामा विभिन्न निर्माण काम गरेबापतको रकम भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीले नपा कार्यालयमा तालाबन्दी गरेर धर्ना दिएका छन् । नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायिक भवन निर्माणलगायत विभिन्न योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रेका हुन् ।

सम्बन्धित सामग्री

दुध उत्पादक किसान भुक्तानी माग्दै आन्दोलित

६ महिना यता दुध भुक्तानी नपाएपछि कृषकले आन्दोलन सुरु गरेका छन् । भुक्तानीको माग गर्दै दुध उत्पादक किसानले सोमबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् ।

कामको भुक्तानी नपाएपछि निर्माण व्यवसायी सडकमा

काम गरेको रकम भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित बनेका छन् । भुक्तानी र वास्तविक म्याद थपको मागसहित निर्माण व्यवसायी आन्दोलित बनेका हुन् । चैतदेखि काम गरेको भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघ टोलीले शुक्रबार माइतीघर मण्डलामा नाराबाजीसहित एक घण्टा धर्ना दियो ।

निर्माण व्यवसायीद्वारा अर्थमन्त्रीको राजीनामा माग - NepaliPatra

काठमाडौँ। नेपाल निर्माण व्यवसायीले निर्माणकार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। शुक्रबार काठमाडौँको माइतीघरमा भेला भई निर्माण व्यवसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन्। निर्माण व्यवसायीले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै उनीहरूले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए। निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको […]

भुक्तानी नपाएपछि उपभोक्ता समिति आन्दोलित

कमला नदीमा बाढी नियन्त्रणका लागि बाँध निर्माण लगायतका काम गर्नेगरी बनाइएका उपभोक्ता समिति आन्दोलित भएका छन् । सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् ।कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ ।भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन् । उपभोक्ता समिति

उखुको भुक्तानी माग्दै काठमाडौंमा आन्दोलनरत एक किसानको निधन

काठमाडौं । आफ्नो उत्पादनको भुक्तानी पाउन माग गर्दै काठमाडौंमा आन्दोलनरत एक उखु किसानको मृत्यु भएको छ । सरकारसँग सोमबार भएको सहमतिप्रति असन्तुष्ट रहेका सर्लाहीका किसान नारायण यादवको गंगालाल ह्रदयरोग अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो । यादवको हृदयघातका कारण मृत्यु भएको उनका सहकर्मीहरुले बताएका छन् । सोमबार राति असजिलो महसुुस गरेका उनलाई सुरुमा हेल्दी होममा लगिएको र त्यहाँबाट रिफर भएर गंगालाल अस्पतालमा भर्ना गरिएको थियो । ६३ वर्षीय यादवको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको हो । यादव सरकारसँगको सहमतिपछि पनि असन्तुष्ट रहेका उनका सहकर्मीहरु बताउँछन् । वर्षौदेखी बिक्रि गरेको उखुको पैसा नपाएपछि उनी काठमाडौंमा आएर धर्ना तथा आन्दोलनमा सहभागी थिए। यादवले अन्नपूर्ण सुगरमिलबाट करिब २५ लाख बक्यौता लिन बाँकी थियो । जसमध्ये उनले १ लाख ६० हजार रुपैयाँ मात्र पाएका छन् । सोमबार सरकार र उखु किसानबीच चार बुँदे सहमति भएपछि विगत १६ दिनदेखि आन्दोलनरत उखु किसानहरुले आन्दोलन स्थगित गरेका थिए । किसानले उखु मिलहरुबाट करिब ९० करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने बताउँदै आएका छन् । सरकारले सो भुक्तानी २१ दिनभित्र गराउने प्रतिवद्धता व्यक्त गरेको छ । गत वर्ष पनि यस्तै सहमति भएपनि कार्यान्वयन नभएपछि किसानहरु पुनः आन्दोलन गर्न काठमाडौं आएका हुन् ।

माइतीघरमा उखु किसानको नारा : 'सरकार सत्ता जोगाउन मस्त, हामी सडकमा बस्न बाध्य'

काठमाडौं :  उखुको भुक्तानी नपाएपछि तराईका किसान काठमाडौंमा आन्दोलनरत् छन्। केही हप्तादेखि माइतीघरमा प्रदर्शन गरिरहेका किसान हरेकदिन भुक्तानीको माग गर्दै माइतीघर पुगिरहेका छन्। सरकारले उखु किसानको भुक्तानी नदिए उद्योगीहरुलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ। केही उद्योगीहरुले भुक्तानी दिने घोषणा पनि गरिसकेका छन्। यता किसानले भने आफ्नो धर्ना जारी राखेका छन्।

'चिसो भुइँमा उखु किसान लड्दै छन्, कोही भने सत्ता, कमिसन र राजा माग्दैछन्'

काठमाडौं : उखुको भुक्तानी नपाएपछि किसान फेरि काठमाडौंमा आएर प्रदर्शन गरिरहेका छन्। सर्लाही, कपिलवस्तु, नवलपरासी लगायतका स्थानबाट आएका किसान हरेकदिन भुक्तानीको माग गर्दै माइतीघर पुगिरहेका छन्। सरकारले उखु किसानको भुक्तानी नदिए उद्योगीहरुलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ। यता किसानले भने आफ्नो धर्ना जारी राखेका छन्। आज माइतीघरमा उखु सहित

धर्ना बस्दाबस्दै बिरामी परे उखु किसान, आन्दोलन नरोक्ने भनाइ

काठमाडौं : उखुको भुक्तानी नपाएपछि किसान फेरि काठमाडौंमा आएर प्रदर्शन गरिरहेका छन्। सर्लाही, कपिलवस्तु र नवलपरासीबाट आएका किसान गौशालाको धर्मशालामा बसिरहेका छन। हरेकदिन बिहान उनीहरु भुक्तानीको माग गर्दै माइतीघर पुग्छन र दिनभर त्यही धर्ना दिन्छन्। कहिले उखु त कहिले भुक्तानी बांकी भएको रसिद लिएर उनीहरु सरकारलाई दबाब दिइरहेका छन्।

उखु कृषकको बक्यौता भुक्तानी

बागमती खाडसारी चिनी उद्योग पश्चिम नवलपरासीले उखु कृषकहरुको गत वर्षसम्मको बाकी बक्यौता रकम भुक्तानी गरेको छ । उखु कृषकहरुले रकम भुक्तानी नपाएपछि देशभरका किसानहरु काठमाडांैमा गई धर्ना लगायतका दवाबमुलक कार्यक्रम गरेपछि सरकारले समयसिमा तोकेरै उखु किसानको सबै बक्यौता भुक्तानी गर्न आदेश दिएको थियो ।