उखु कृषकको बक्यौता भुक्तानी

बागमती खाडसारी चिनी उद्योग पश्चिम नवलपरासीले उखु कृषकहरुको गत वर्षसम्मको बाकी बक्यौता रकम भुक्तानी गरेको छ । उखु कृषकहरुले रकम भुक्तानी नपाएपछि देशभरका किसानहरु काठमाडांैमा गई धर्ना लगायतका दवाबमुलक कार्यक्रम गरेपछि सरकारले समयसिमा तोकेरै उखु किसानको सबै बक्यौता भुक्तानी गर्न आदेश दिएको थियो ।

सम्बन्धित सामग्री

उखु किसानको बक्यौता भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन्। सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अव आफैँ आमरण अनसनमा बसेर भुक्तानी दिलाइछाड्ने अठोट समेत व्यक्त गरे। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक […]

उखु किसानले हस्ताक्षर गर्न नमानेको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

उखु किसानहरुले लामो समयदेखि चिनी मिलहरुबाट बक्यौता भुक्तानी नपाएको लगायतका समस्या सम्बोधन गर्ने उद्देश्यले सरकारले गत वर्ष एक प्राविधिक समिति गठन गरेको थियो । उखु किसान र उद्योगीहरुका बीचमा देखा परेका विभिन्न समस्या अध्ययन गरी दीर्घकालीन सुझाव दिन गठन गरिएको उक्त समितिले प्रतिवेदन तयार पारिसके पनि किसानका प्रतिनिधिले हस्ताक्षर नगरेका कारण अन्योल बढेको छ ।समितिका सदस्य रहेका उखु किसानका प्रतिनिधिले हस्ताक्षर नगरेकै कारण सो प्रतिवेदन अलपत्र परेको हो । गत पुस १३ गते सरकार र उखु किसानबीच पाँच

उखु किसानको बक्यौता भुक्तानी देऊ !

आन्दोलन चर्केपछि मात्र वार्ता गर्ने र सम्झौता गरेर आन्दोलन तुहाउने प्रवृत्ति त्यागेर सरकारले उखु किसानले आन्दोलनै नगरी बक्यौता भुक्तानी पाउने बन्दोबस्त मिलाओस् ।

भदौ पहिलो सातासम्म उखुको रकम भुक्तानी नपाए आन्दोलन

उखु किसानले आगामी ५ भदौसम्म उखुको बक्यौता रकम भुक्तानी गर्नका लागि अल्टिमेटम दिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका किसानले बिहीबार पत्रकार सम्मेलन गरेर ५ भदौसम्म रकम भुक्तानी गर्नका लागि समय तोकेका हुन् ।तोकिएको समयभित्र चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने किसानहरूले घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि […]

सरकार र उद्योगीले फेरि झुक्याए किसान

सरकारले गत पुस १३ गते उखु किसानसँग २१ दिनभित्र चिनी उद्योगीबाट सम्पूर्ण बक्यौता भुक्तानी गराउने सम्झौता गरेको थियो। उद्योगीले सो अवधिभित्र उधारो उखुको पैसा भुक्तानी नगरे उनीहरूको सम्पत्ति जफत गरेर भए पनि किसानलाई भुक्तानी दिने भनिएको थियो। तर पोहोर जस्तै यसपालि पनि सरकार र उद्योगीले किसानलाई झुक्याएका छन्।   सम्झौता अनुरूप माघ ५ गतेसम्ममा किसानले उखुको सम्पूर्ण भुक्तानी पाइसक्नुपर्ने हो। तर माघ ९ गतेसम्म नवलपरासीका उखु किसानले सात करोड रूपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी छ। जिल्लाका दुई उद्योगले दुई वर्षअघिको १३ क...

अझै पाएनन् उखु किसानले बाँकी रकम

– शङ्खर पहाडीसर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौँमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए  । सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने  गरी सम्झौता भएको थियो । तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन् ।ज

दुई दिनमा २५ करोड बक्यौता भुक्तानी गरेको श्रीराम सुगर मिल्सको दाबी

काठमाडौं । श्रीराम सुगर मिल्सले उखु किसानको २५ करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी गरेको दाबी गरेको छ

बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या बुझी बक्यौता भुक्तानी गर्न चिनी उद्यमीलाई आग्रह गर्नुभएको छ । उखु किसान राजधानीमा आन्दोलनमा रहेका बेला सोमबार मन्त्रालयमा चिनी मिलका सञ्चालकसँगको छलफलमा उहाँले किसानको समस्या बुझ्न मिल सञ्चालकलाई आग्रह गर्नुभएको मन्त्रालयले जनाएको छ । मन्त्री भट्टले भन्नुभयो, ‘‘किसानको भुक्तानी कसरी दिनुहुन्छ, त्यो तपाईंहरूको जिम्मेवारी हो, किसानको पनि समस्या बुझ्नुस्, किसानलाई समस्या नभएको भए यो जाडोमा आन्दोलन गर्न काठमाडौँ आउने थिएनन्, त्यो समस्या चाँडै समाधान गर्नुस् ।’’ भुक्तानी दिन बाँकी रहेका विभिन्न छवटा चिनी उद्योगका सञ्चालकसँग भट्टको उपस्थितिमा छलफल भएको मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘‘वर्षौंदेखि किसानको भुक्तानी भएको छैन, पटक पटक भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुहुन्छ तर भुक्तानी हुँदैन । यस पटक कसरी हुन्छ भुक्तानी गर्नुस् । अन्यथा प्रचलित कानुनअनुसार कारबाही गरिन्छ,’’ मन्त्री भट्टले स्पष्ट पार्नुभयो ।

उखु जस्तै पेलिए किसान

उखु किसानको ९० करोड बक्यौता भुक्तानी नपाएपछि उनीहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन्।