काठमाडौं : उखुको भुक्तानी नपाएपछि किसान फेरि काठमाडौंमा आएर प्रदर्शन गरिरहेका छन्। सर्लाही, कपिलवस्तु र नवलपरासीबाट आएका किसान गौशालाको धर्मशालामा बसिरहेका छन। हरेकदिन बिहान उनीहरु भुक्तानीको माग गर्दै माइतीघर पुग्छन र दिनभर त्यही धर्ना दिन्छन्।
कहिले उखु त कहिले भुक्तानी बांकी भएको रसिद लिएर उनीहरु सरकारलाई दबाब दिइरहेका छन्।