काठमाडौं : उखुको भुक्तानी नपाएपछि तराईका किसान काठमाडौंमा आन्दोलनरत् छन्। केही हप्तादेखि माइतीघरमा प्रदर्शन गरिरहेका किसान हरेकदिन भुक्तानीको माग गर्दै माइतीघर पुगिरहेका छन्।
सरकारले उखु किसानको भुक्तानी नदिए उद्योगीहरुलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ। केही उद्योगीहरुले भुक्तानी दिने घोषणा पनि गरिसकेका छन्। यता किसानले भने आफ्नो धर्ना जारी राखेका छन्।