काठमाडौं (अस) । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले नबिल बैंकसँग सम्झौता गरेको छ । सम्झौतापछि नबिल बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत खल्तीमा पैसा लोड गर्न सक्नेछन् । साझेदारीसँगै बैंकका ग्राहकले अब खल्ती वालेटमा बिनाझन्झट नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् यो साझेदारीले बैंक तथा वालेटका ग्राहकलाई सहज भुक्तानी सेवा उपलब्ध हुने खल्तीका सीईओ विनय खड्काले बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गरिएको जानकारी दिए । खल्ती डिजिटल वालेटले मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङलगायत सेवाको डिजिटल भुक्तानी तथा रकम आदान–प्रदान सेवा दिइरहेको छ । नबिल बैंकले १३५ शाखा, १८७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।