सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने
अबदेखि सानिमा बैंकको मोबाइल बैंकिङबाट पनि ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले सानिमा बैंकसँग सम्झौता गरेको छ ।
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।
यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई- बैंकिङ्ग...