काठमाडौं । खल्ती डिजिटल वालेट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न पाइने भएको छ । यसका लागि कुनै अन्य सेवा शुल्क पनि लाग्नेछैन।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच भएको सम्झौता पश्चात यो लागू भएको हो। डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहा